आगाम‍ी आर्थिक बर्षकाे लागी बजेटकाे तयारी शुरु

budget
  • 12
    Shares
लोकपाटी न्यूज

काठमाडाैँ। आगामी आर्थिक वर्ष २०७८-७९ का निम्ति बजेटको तयारी शुरू भएको छ। अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा आगामी आर्थिक वर्षका निम्ति बजेट तथा स्रोतको अनुमानसम्बन्धी छलफल शुरू भएको हो।

चालू आर्थिक वर्षका निम्ति विनियोजित बजेटको अर्धवार्षिक समीक्षा सकिएपछि आगामी आर्थिक वर्षको बजेटसम्बन्धी तयारी शुरू भएको छ। १५औं योजनाले लिएको लक्ष्य, उद्देश्य र प्राथमिकताको आधारका साथै दिगो विकास लक्ष्य, २०३० को मार्गचित्र एवम् उच्च आर्थिक वृद्धिलाई मध्यनगर गर्दै राष्ट्रिय योजना आयोगले बजेट निर्माण गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ।

सरकारले बजेट संशोधन गर्दै चालू आर्थिक वर्षमा झण्डै एक खर्ब रुपियाँ घटाए पनि आमी आर्थिक वर्षमा भने तीन खर्ब रुपियाँभन्दा बढी बजेट बढाउनुपर्ने अनुमान गरिएको छ ।आयोगले आर्थिक वर्ष २०७८-७९ का निम्ति १६ खर्ब ९७ अर्ब ५७ करोड रुपियाँको बजेट आवश्यक पर्ने अनुमान गरेको छ। आगामी आर्थिक वर्षमा पुँजीगत खर्चतर्फ ४ खर्ब ९२ अर्ब २५ करोड रुपियाँ र चालू खर्चतर्फ १० खर्ब ४ अर्ब ११ करोड रुपियाँ खर्च हुने अनुमान आयोगको छ। बजेटको स्रोततर्फ राजस्वबाट १० खर्ब ६५ अर्ब २१ करोड, वैदेशिक अनुदानबाट ६५ अर्ब, वैदेशिक ऋणबाट ३ खर्ब १५ अर्ब र २ खर्ब ५२ अर्ब आन्तरिक ऋण लिनुपर्ने प्रक्षेपण गरिएको छ।

आयोगले आगामी आर्थिक वर्षमा प्रतिव्यक्ति आय १३ सय ३७ अमेरिकी डलर र ९ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य निर्धारण गरेको छ ।राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०७८-७९ का निम्ति १६ खर्ब ९७ अर्ब ५७ करोड रुपियाँको बजेट आवश्यक पर्ने अनुमान गरेको छ। आगामी आवमा पुँजीगत खर्चतर्फ ४ खर्ब ९२ अर्ब २५ करोड रुपियाँ र चालू खर्चतर्फ १० खर्ब ४ अर्ब ११ करोड रुपियाँ खर्च हुने अनुमान आयोगको छ। बजेटको स्रोततर्फ राजस्वबाट १० खर्ब ६५ अर्ब २१ करोड, वैदेशिक अनुदानबाट ६५ अर्ब, वैदेशिक ऋणबाट ३ खर्ब १५ अर्ब र २ खर्ब ५२ अर्ब आन्तरिक ऋण लिनुपर्ने प्रक्षेपण छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्