१ अर्ब बराबरकाे जग्गा विक्री गर्दै ग्लाेबल आइएमई

Global ime bankpic
  • 7
    Shares
लोकपाटी न्यूज

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको पानीपोखरी र अनामनगरको करिब १ अर्ब रुपैयाँ मूल्यको जग्गा विक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ। बैंकको अनामनगरमा ३ रोपनी र पानीपोखरीमा २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा रहेको छ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ स्थित सिंहदरबारको पूर्वीगेट नजिकै अनामनगरको मूलबाटोसँग जोडिएको कित्ता नम्बर २८,२९,१३, ४२ र ४३ का जग्गाहरु बिक्रि गर्न लागेको हो। यी कित्ताको क्षेत्रफल क्रमश २५४।५०, २५४।५०, ५२५।२४, ३०२।०६, र १९०।७८ वर्गमिटर गरी कुल १५२७।०८ वर्गमिटर रहेको बैंकले जनाएको छ । यो क्षेत्रफल रोपनीको हिसाबले ३ रोपनी हो।

त्यस्तै बैंकले काठमाडौँ महानगरपालिका वडा नम्बर ३ स्थित पानीपोखरीको मूलबाटोसँग जोडिएको कित्ता नम्बर १२१, १२२, १२३, १३३, १३४, १३५, र १३६ का जग्गाहरु बिक्रि गर्न लागेको हो । यी कित्ताको क्षेत्रफल क्रमश ५५।६३, ५९।९०, १०१।३७, ८।२०, २३८।४७, २३८।४७, र ५२७।६६ वर्गमिटर गरी कुल १२ सय २९ दशमलव ७० वर्गमिटर रहेको बैंकले जनाएको छ। यो क्षेत्रफल रोपनीको हिसाबले २ रोपनी, ६ आना, २ पैसा, ३ दाम हो ।

बैंकले कुल ५ रोपनी ६ आना, २ पैसा, ३ दाम बराबरको जग्गा बिक्रि गर्न लागेको हो। इच्छुक खरिदकर्ताले यी जग्गा अवलोकन गर्न चाहेमा बैंकको सामान्य सेवा विभाग, कमलादीमा सम्पर्क गर्न आग्रह गरेको छ। बैंकले इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संघ संस्थालाई फागुन २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ।

आएका बोलपत्रहरुले फागुन २१ गते बैंकको कमलादी स्थिति कार्यालयमा दिउँसो २ बजे खोलिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्