कार्यकर्ता आन्दोलनमा आउन मान्दैनन्, जबरजस्ती बोलाउन सक्दैनौं : देउवा

Sher_Bahadur_Deuba
  • 454
    Shares
लोकपाटी न्यूज

पोखरा। नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगेको बताएका छन्। पोखरामा विहीबार नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेश सम्मेलनमा सभापति देउवाले देश संसद पुनर्स्थापनाको पक्ष र विपक्षमा बाँडिएको बताए।

उनले भने,‘देशै पक्ष/विपक्षमा बाँडिएको छ, हामीले यो बेला ओली या प्रचण्ड-माधव कसैको पक्ष लिनु हुँदैन।’ यद्यपी उनले संसद विघटनको निणर्यबारे सर्वोच्च अदालतलाई दवाव दिन नमिल्ने बताए। अदालतलाई यसो र उसो गर भन्न नमिल्ने र नपाइने उनको भनाई छ।

देउवाले भने, ‘हामीले अदालतको निर्णय मान्ने हो।’ सर्वोच्च अदालतले चुनावमा जाउ भनेमा चुनावमा जाने र नजाउ भने नजाने उनले बताए दिनहुँ सडकमा प्रदर्शन गरेर अदालतलाई दवाव दिन नहुने उनले बताए। जुलुस हेरेर फैसला गर्ने अवस्था आए पनि कांग्रेसले जुलुस निकाल्न नसक्ने उनले बताए।

‘हामीसँग पैसा पनि छैन। जबरजस्ती बोलाउन पनि सक्दैनौं,’ देउवाले भने, ‘क्रियाशील लिने बेलामा मारामार हुन्छ, भोलि आन्दोलनमा क्रियाशील मात्र आउन भन्यो भने आउँदैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्