पूँजीबजार सुधारको माग गरिरहेका तिलक कोईरालाले अनसन तोडे

  • 12
    Shares
लोकपाटी न्यूज

पुँजीबजारको सुधारको माग राख्दै आमरण अनसनमा बसेका तिलक कोईरालाले अनसन तोडेका छन। १८ बँदे माग राख्दै उनि फागुन २ गतेबाट अनसनमा बसेका थिए।
पुँजी बजार विकास र विस्तारका लागि गर्नुपर्ने काम नियामक निकाय नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्जले नगरेको भन्दै कोइरालाले आमरण अनसन शुरु गरेका थिए।

२ गते विहान सिंहदरवार प्लाजास्थित नेप्सेको भवन अगाडि अनसन बसेका कोइरालाले ती कामहरु गर्न धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, कार्यकारी निर्देशक निरज गिरी, नेप्सेका बरिष्ठ अधिकृत निरन्जन फूँयाल नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा पूँजी बजार फोरमका संयोजक अम्बिकाप्रसाद पौडेल, नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल,लगायतले सामुहिक प्रतिबद्धता जनाएपछि अनसन समाप्त गरिएको बताएका छन्।
बुधबार फेसबुकमा एक स्टाटस लेख्दै उनले आफुले अनसन ताेडेकाे जानकारी दिएका हुन। उनले फेसबुकमा लेखेका छन:-

‘धन्यबाद, आभार तथा निरन्तर सक्रियताका लागि अपील
नेपालको पूँजी बजारलाई नीति, नियम, पुर्वाधार र प्रविधिले विश्वका विकशित देशहरुको जस्तै समुन्नत बनाउँने लक्ष्यका साथ २०७५ सालदेखि थालिएको लगानीकर्ताहरुको अभियानले नयाँँ उचाई प्राप्त गरेको छ । हामी लगानीकर्ताहरुको कठिन संघर्षबाट प्राप्त ५८ बुँदे उपलब्थिका २०७५ सालभित्रै भईसक्नुपर्ने बाँकी १८ वटा महत्वपूर्ण कामहरु अहिलेसम्म नभएकोमा त्यसको कार्यान्वयनका लागि फागुन २ गतेदेखि थालिएको आमरण अनशन आजै अर्थात फागुन ५ गते समाप्त भएको छ।
ती कामहरु गर्न धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, कार्यकारी निर्देशक निरज गिरी, नेप्सेका बरिष्ठ अधिकृत निरन्जन फूँयाल नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा पूँजी बजार फोरमका संयोजक अम्बिकाप्रसाद पौडेल, नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल,लगायतले सामुहिक प्रतिबद्धता जनाएपछि अनसन समाप्त गरिएको हो। चार दिनसम्म टुकुचाको तीरमा बसेर दुर्गन्धको सामना गर्दै भोको पेटले संघर्ष गर्नु चानचुने कुरा थिएन, यद्यपी २०७५ सालमा पनि यस्तो अबस्थाको सामना गरेकै हो । नेपालको पूँजी बजारमा लगानी गर्ने तीस लाख लगानीकर्ताहरुको प्रतिनिधित्व गर्दै भोक हडतालबाट आवाज बुलन्द गर्न पाउँदा गौरव अनुभुति भएको छ ।
खास गरी सेयर दलाल र अन्य केही लगानीकर्ता साथीहरुबाट हाम्रो अभियानप्रति नकारात्मक टिप्पणी भएकोमा दुखिःत छुु।
हाम्रो अभियान सरकार, सेयर लगानीकर्ता र दलालहरुको पनि हितमा भएको कुरा म फेरि स्पष्ट गर्छु । आशंका र आपत्ति प्रकट गर्नुपर्ने कुनै कारण छैन, पूँजी बजार राम्रो भयो भने सबैको राम्रो हुन्छ। विश्वका कुनै पनि देशमा पूँजी बजारको बिकास, बिस्तार र सुधारका लागि लगानीकर्ताले आन्दोेलन र आमरण अनशन गर्नु नपरेकोमा नेपाल मात्रै अपवाद रहेकोले अब आईन्दा यस्तो पीडादायी कार्य गर्नु नपरोस भन्नेतर्फ सरकार र सम्बद्ध निकायहरुको फेरि ध्यानाकर्षण गराउँन चाहन्छु । धितोपत्र बोर्डका अध्यक्षज्यूबाट प्राप्त प्रतिबद्धता अनुसार सबै कामहरु तदारुकताका साथ हुने नै छन् भने विस्वास छ। सेयर बजारमा सेयर मूल्य बढेको बेला होस वा घटेको बेला नै किन नहोस्, पूँजी बजार बिकास, बिस्तार र सुधारका कामहरु रोकिनुहुन्न भन्ने कुरामा हामी सबै लगानीकर्ताहरुको एकमत रहेको छ।
पूँजी बजारको बिकासका लागि सरकारलाई झक्झक्याउन हामी सबै लगानीकर्ताहरु एक छौ भन्ने संदेश पनि अनसनको क्रममा प्रक्रट भएको छ ।
आमरण अनशनको चार दिनको पीडादायी समयवीचमा अनशनस्थलमा आएर एकता प्रदर्शन गरी साथ सहयोग दिने, सामाजिक संजालबाट ऐक्यबद्धता जनाउने सबै लगानीकर्ता साथीहरुमा हार्दिक आभार र धन्यबाद ब्यक्त गर्दै आगामी दिनहरुमा पनि पूँजी बजारको लागि अझ कसिलो एकता प्रदर्शन गरिरहनु हुन आब्हान गर्दछु । यस अभियानमा खासगरी संचारकर्मी मित्रहरुको सहयोग अभुतपूर्व रह्यो, उहाँहरुलाई विशेष धन्यबाद र आभार ब्यक्त गर्न चाहन्छु ।
मलाई अनसनस्थलमै आएर साथ दिने रामभक्त गिरी, दीपेन्द्र अग्रवाल, नयन बास्तोला, रमेशकुमार ढकाल, बिशाल कडेरिया, नवराज उप्रेति, पबित्रा ज्ञवाली,लीलबहादुर श्रेष्ठ, सुष्मा ढुंगाना, मुना दाहाल, सरिता आचार्य, कुमार सिटौला, पुरुषोत्तम सापकोटा, राजन लम्साल, मनिष पौडेल, पवन खत्री, रघुनाथ कुईकेल, सुरज आचार्य, हरि ढकाल, एसपी चौलागाई, जीके थापा, दुर्गा तिवारी, सिर्जना सुबेदी, कुमार सिटौला, सन्तोष बस्नेत लगायत ४०५ जना सबैमा पुनः आभार ब्यक्त गर्दछु ।’
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्