संसद विघटन संविधानसम्मत छ : सुवास नेम्वाङ

Subash-nemwang
  • 1.7K
    Shares
लोकपाटी न्यूज

इलाम। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन्। सदरमुकाममा आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उनले निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताए।

उनले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिनु भनेको निर्वाचनसम्बन्धी काम गर्दै गर्नू भन्ने भएको दाबी गरे। ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो,’ नेम्वाङले भने, ‘सर्वोच्च अदालतले यस बारेमा अन्तरिम आदेश नदिनु भनेको निर्वाचनसम्बन्धी काम गर्दै गर्नु भनेको हो। यसैले चुनावी कार्यक्रममा जुट्नुपर्छ।’

उनले कार्यकर्तालाई चुनावी कार्यक्रममा जुट्न आग्रह गरे। उनले अदालतको अन्तिम फैसला नआएसम्म निर्वाचनको प्रक्रिया नरोकिने बताए। नेम्वाङले भने, ‘त्यसैले चुनावी प्रक्रिया रोकिँदैन, सबै चुनावको तयारीमा जुट्नुपर्छ।’ उनले निर्वाचन हुने कुरामा शंका नगर्न आग्रह समेत गरे।

संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार हुने गरेको दाबी उनको थियो। नेम्वाङले प्रधानमन्त्री ओलीले गरेको संसद् विघटन संविधानसम्मत नै भएको दाबी गरे। उनले भने, ‘संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार हुन्छ, त्यही अधिकारमा टेकेर प्रधानमन्त्रीले संसद् विघटन गर्नुभएको हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्