काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा ९६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ९६ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ। नेपालमा १ हजार ६०३ सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा थप १ सय ११ जना संक्रमणमुक्त भएका छन्। हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ५ सय ५ रहेको छ।
२४ घण्टामा मृत्यु हुनेको संख्या ३ रहेको छ। बिहीबार अपराह्नसम्म मृत्यु हुनेको संख्या २ हजार ५८ रहेको छ। अहिलेसम्म देशभर २१ लाख ३१ हजार ३३० नमुनाको पीसीआर परीक्षण भएको छ। क्वारेन्टाइनमा ७१ जना रहेका छन्।