कुलमानले भेट्न खाेज्दा ओलीले समय दिएनन्

  • 792
    Shares
लोकपाटी न्यूज

संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीकाे सक्रियता बढेको छ। आजै उनले दाह्री ग्याङ्ग नामक एक युवाहरुको समूहलाई भेटेका छन्। सार्वजनिक फोटोहरु हेर्दा नाम दाह्री ग्याङ्ग भएपनि दाह्री भएका युवाहरु कमै देखिन्थे।

११ महिनासम्म पनि आफ्नै कार्यालय नटेकेका उनि उहिले आमसभाका लागी देशको कुनाकाप्चा तथा आफ्ना कार्यकर्ताहरुले बोलाएका प्रत्येक सामान्य कार्यक्रमहरुमा समेत पनि पुग्न थालेका छन। यसरी अहिले जसले पनि भेट्न पाउने भएका ओलीले २ महिनासम्म कुलमान घिसिङलाई भने भेट्न अस्विकार गरेका थिए।

उनलाई मन परेका र चाहेकाको लागी सधै खुल्ला हुने उनको ढोका उनको विरोधी र उनलाई मन नपरेकाको लागी भने हतपत्त खुल्ने गरेको छैन्। लोडसेडिङ अन्त्य गरेका तथा विद्युत चुहावट कम गरी घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा लैजान सफल तत्कालिन विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई उनले भेटै नदिएको क्षणको सम्झना उनको हालका क्रियाकलापले दिन थालेको छ।

उनको यस्तो क्रियाकलापलाई व्यङ्ग गर्दै चितवनका वाम बुद्धिजिवी प्रेम रिमाल लेख्छन, ‘कुलमान घिसिङले चार महिनादेखि प्रधानमन्त्रीसँग भेट्न समय मागेछन् तर अवसर मिलेनछ। किन भेट दिनुभएन होला प्रधानमन्त्रीले भन्ने पत्रकारको प्रश्नमा उनको जवाफ थियो, ‘सायद प्रमको व्यस्तताले होला !’
उनि अगाडी थप्छन, ‘प्रत्येक दिन केक काटेर अनुहारमा लिपपोत गरेको फोटो हालिरहन्छन् बाका नानीनातिनाहरू: निर्जीव मुर्तिहरूले प्रधानमन्त्रीसँग भेट पाएकै देखिन्छ तर एउटा कामले नै जनताको विश्वास जित्न सफल राष्ट्रसेवक जसले मैले होइन प्रधानमन्त्री, मन्त्री र प्राधिकरणको टिमले उज्यालो अभियानलाई अगाडि बढाएको हो भनिरहन्छ उसले सेवाबाट बाहिरिने समयमा सरकारप्रमुखलाई भेटेर यो यो क्षेत्रमा विशेष ध्यान पुर्याउन आवश्यक छ भन्नसमेत पाएनछ।

उनि अगाडी  प्रश्न गर्दछन्,  ‘यो देश कसरी सुरक्षित रहन्छ ?’
यस्तो छ उनको फेसबुक स्टाटस:

‘कुलमान घिसिङले चार महिनादेखि प्रधानमन्त्रीसँग भेट्न समय मागेछन् तर अवसर मिलेनछ । किन भेट दिनुभएन हाेला प्रधानमन्त्रीले भन्ने पत्रकारकाे प्रश्नमा उनकाे जवाफ थियाे : सायद प्रमकाे व्यस्तताले हाेला !
प्रत्येक दिन केक काटेर अनुहारमा लिपपाेत गरेकाे फाेटाे हालिरहन्छन् बाका नानीनातिनाहरू; निर्जीव मुर्तिहरूले प्रधानमन्त्रीसँग भेट पाएकै देखिन्छ तर एउटा कामले नै जनताकाे विश्वास जित्न सफल राष्ट्रसेवक जसले मैले हाेइन प्रधानमन्त्री, मन्त्री र प्राधिकरणकाे टिमले उज्यालाे अभियानलाई अगाडि बढाएकाे हाे भनिरहन्छ उसले सेवाबाट बाहिरिने समयमा सरकारप्रमुखलाई भेटेर याे याे क्षेत्रमा विशेष ध्यान पुर्याउन आवश्यक छ भन्नसमेत पाएनछ ।
याे देश कसरी सुरक्षित रहन्छ ?’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्