प्रचण्ड-नेपाल समूहलाई सडकमा राखेर निर्वाचनमा गए मुलुक राजनीतिक द्वन्द्वमा फस्छ : सिटौला

Krishna_Sitaula
  • 599
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेकपाको प्रचण्ड-नेपाल समूहलाई सडकमा राखेर निर्वाचनमा जान खोजिए मुलुक अर्को राजनीतिक द्वन्द्वमा फस्ने बताएका छन्।

काँग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोल्दै उनले नेकपा र नेकपाको चुनाव चिह्न सूर्यलाई फ्रिज गराएर प्रधानमन्त्री केपी शर्मा ओलीले पहिल्यै निर्वाचन आयोगमा दर्ता भएको एमाले लिइ चुनावमा जान खोजेको पनि बताए।

यसो गर्दा प्रचण्ड नेपाल समूहले निर्वाचनमा भाग नलिने र त्यसले नयाँ द्वन्द्वतर्फ मुलुक धकेलिने चिन्ता उनले प्रकट गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्