लोकतन्त्र र संविधान जोगाउन एकजुट होऔं : सभामुख सापकोटा

agni-sapkota
  • 948
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन्।

सभामुख सापकोटाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‛यस अवसरमा देशमा लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न संघर्षका क्रममा जीवन आहुति दिएका सम्पूर्ण महान सहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। यो लामो र कठीन संघर्षका क्रममा घाइते तथा अपाङ्ग हुनुभएका एवं तत्कालीन राज्यसत्ताबाट बेपत्ता पारिनुभएका सम्पूर्ण योद्धाहरुको योगदानकोे स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु।’

उनले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण एउटा लामो र निरन्तर प्रकृया भएको बताएका छन्। उक्त जिम्मेवारी लोकतन्त्रप्रतिको गहिरो विश्वास र त्यसअनुरुप व्यवहारबाट मात्र पूरा गर्न संभव हुने उल्लेख गरेका छन्। लोकतन्त्र सैद्धान्तिक अवधारण मात्र होइन यो हाम्रो सोचाई,पद्दति, जीवनव्यवहार र आउने पुस्तालाई हस्तान्तरण गर्ने संस्कार पनि हो उनले शुभकामना सन्देशमा भनेका छन्।

शुभकामना सनदेशमा भनिएको छ, ‛सात दशकदेखिको नेपाली जनताको त्याग, विभिन्न कालखण्डमा भएका संघर्षहरु र बलिदानको प्रतिफलका रुपमा प्राप्त लोकतन्त्रको जीवन्त र जनमुखी अभ्यास गर्नुपर्ने अवस्थामा यसको पालना, संरक्षण र संबद्र्धन गर्ने दायित्व वहनको विषय लोकतन्त्रका लागि मुख्य चुनौतीका रुपमा खडा भएको छ। लोकतन्त्रको सुव्यवस्थित र संस्थागत अभ्यासका बारेमा गम्भीर समिक्षा गर्नु पर्ने अवस्था सृजना भएको छ। लोकतन्त्र र संविधानमाथि देखिएका चुनौतीहरुको सामना गर्दै यसको उन्नत अभ्यासका लागि सबै राजनैतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशीलर जागरुक हुनुपर्ने अवस्था आएको छ।’

सभामुख सापकोटाले राष्ट्रिय प्रजातन्त्र दिवसको दिनमा सबैलाई लोकतन्त्र, संविधानको मर्म र भावना अनुसार अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्