ग्रीनलाईफको आईपीओ बाँडफाँड भयाे, कसलाई कति पर्‍यो ?

  • 68
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओ फागुन ७ गते, शुक्रबार आइपीओड भएको छ। बिक्री प्रबन्धक बिओके क्यापिटलको अनुसार सर्व साधारणमा बिक्री गरेको आइपीओ आज कम्पनीको कार्यलयमा बाँडफाँड गरिएको हो।

क्यापिटलले आवेदन दिएका कुला लगानीकर्तामध्ये ३ लाख २५ हजार १६५ जनालाई प्रतिव्यक्ति १० कित्ताका दरले बाँडफाँट गरिएको बताएको छ। सो बाँडफाँटपश्चात बाँकी रहेको २ कित्ता शेयर प्रतिव्यक्ति १ कित्ताका दरले दुई लगानीकर्तामा बाँडफाँट गरिएको क्यापिटलको भनाइ छ। अर्थात, ३ लाख २५ हजार १६३ जना आवेदकले १० कित्ता पाएका छन् भने २ जनाले ११ कित्ता पाएका छन्।

हाइड्रोपावरको आइपीओमा १३ लाख २२ हजार ९७१ जना आवेदकबाट २ करोड २६ लाख ९१ हजार ४९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो।कम्पनीले बिक्रीमा ल्याएको आइपीओको यो ६.९८ गुणा धेरै हो।

मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण गरिएको हो।

ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्