रूरू जलविद्युत परियोजनाको आईपीओ आजबाट आवेदन दिन सकिने

  • 43
    Shares
लोकपाटी न्यूज

काठमाडौं। रूरू जलविद्युत परियोजना लिमिटेडले आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि आजबाट प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले १०० प्रति शेयरका दरले ४ लाख ७ हजार ७०५ कित्ता साधारण शेयर आयोना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका लागि आईपिओ निष्कासन गरेको हो।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिने छ। निष्कासन बन्द फागुन २१ गते रहेको छ भने आवेदन कम परेमा ढिलोमा चैत ८ गते बैंकिङ्ग समयसम्म आवेदन खुला रहने छ।

प्रदेश ५ को गुल्मी जिल्लाको चद्रकोट गाउापालिका वडा नं. ६ र ७ मा निर्माण भएको उक्त जलविद्युत आयोजनाले विद्युत उत्पादन अनुमति प्राप्त वि.सं. २०७० चैत ९ गते पाएको हो। यस परियोजनाले वि.सं. २०७१ चैत ९ गतेदेखि ५ मेघावाट विद्युत व्यवसायिक उत्पादन शुरु गरेको हो। यो अयोजनाको प्रतिमेगावाट लागत १४ करोड ८९ लाख ४ हजार ३८२ रहेको छ।

त्यस्तै कुल लागत ७४ करोड ४५ लाख २१ हजार ९१० रहेको छ। आयोजनाले आर्थिक वर्ष २०७७/७८ को आश्विन मसान्तसम्ममा कुल ५ करोड १२ लाख ४८ हजार ४७६ बराबरको विद्युत उत्पादन गरी प्राधिकरणलाई बिक्री गरेको अवस्था रहेको छ। स्थानिय बासिन्दाहरुले यस हाइड्रोपावर कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको आयोजनाको शेयर बिक्री प्रबन्धकले जनाएको छ।

हाइड्रोपावर कम्पनीहरुले आयोजनाबाट प्रभावित बासिन्दाका लागि पहिलो चरणमा निष्काशन गर्ने शेयर आरक्षित गरेर निष्काशन गर्न गर्दछन्। स्थानीय बासिन्दाहरु त्यस क्षेत्रमा आयोजना सञ्चालन हुँदा त्यस आयोजनाबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा आयोजनाले प्रभाव पार्ने हुँदा आयोजनाबाट हुने आम्दानीमा स्थानीय जनताको हिस्सेदारी कायम रहोस् भन्ने उदेश्यले कानूनी रुपमा नै आरक्षण गर्ने व्यवस्था गरिएको छ।

आरक्षणमा प्राप्त हुने भएकाले यस्तो शेयर बिक्री भएर बाँडफाँड गरेको तीन वर्षसम्म बिक्री वितरणका लागि बन्देज लगाइएको हुन्छ। यस्तै स्थानीय बासिन्दाहरुका लागि पहिलो चरणमा नै शेयर निष्काशन हुने हुँदा त्यस क्षेत्रका बासिन्दाले सर्वसाधारणका लागि निष्काशन हुने साधारण शेयरमा आवेदन गर्न समेत बन्देज लगाइने गरिएको छ।

स्थानीयहरुले शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको गुल्मीका विभिन्न शाखा कार्यालय, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंकका गूल्मी शाखा कार्यालयहरुबाट आवेदन दिन सक्छन्। यसका साथै, नेपाल धितोपत्र बोर्डबाट सि आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछन्।

यस आईपिओमा आयोजना प्रभावित बासिन्दाले निष्काशन सुरु हुने दिन फागुन ७ गतेदेखि छिटोमा फागुन २१ गतेसम्म र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन पाउनेछन्।

शेयर विक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्