घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

  • 15
    Shares
लोकपाटी न्यूज

काठमाडौं। केही दिन यता नेपाली बजारमा सुनको मुल्य घटेको छ। आज प्रतितोला १ हजार रुपैयाँले घटेको हो । बिहीबार पनि सुन ६ सय रुपैयाँले घटेको थियो।

आज छापावाल सुनको मुल्य प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, तेजाबी सुन प्रतितोला ८७ हजार ७५० रुपैयाँमा खरिद बिक्रि भएको छ।

यसैगरी, चाँदीको मुल्य पनि ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ५ रुपैयामा कारोबार भएको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा खरिद बिक्रि भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्