काठमाडौं। पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा फागुन २९ गते हुने भएको छ। कम्पनीले इन्द्रेणी बैंक्वट, नयाँ बानेश्वरमा विहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको छ।
सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ भने आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ।
कम्पनीको अधिकृत पूँजी वृद्धिका लागि प्रबन्धपत्रको दफा ६ (क) मा संशोधन गर्ने प्रस्ताव पारित गरिने बताइएको छ ।