संबैधानिक इजलासमा बहस : संबिधान कोमामा गएको भए हामी सबै कोमामा छौ

  • 71
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। एमिकस क्युरी गीता पाठकले संविधान बिरामी भएको भए र कोमामा गएको भए नेपाली नागरिक नै कोमामा गएको बताएकी छन्। प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासलाई राय दिँदै वरिष्ठ अधिवक्ता पाठकले सुनुवाइका क्रममा त्यस्ता कुरा उठेको र त्यसो भएमा सबै कोमामा गएको बताइन्।

प्रतिनिधिसभा विघटनको मुद्दामा माघ ४ गतेदेखि जारी बहसमा अन्तिम कानुन व्यवसायीका रूपमा एमिकस क्युरीका रूपमा इजलाससामु आएकी वरिष्ठ अधिवक्ता पाठकले भनिन्, ‘यस इजलासमा संविधान बिरामी छ। कोमामा छ भन्ने कुरा उठ्यो। यदि त्यसो हो भने, हामी सबै बिरामी छौं। हामी सबै कोमामा छौं। हामीलाई स्वास फेर्न गाह्रो हुन्थ्यो।’

उनले थपिन्, ‘संविधान र त्यसका धाराले हामीलाई अक्सिजन दिन्थे।’

प्रतिनिधिसभा विघटन सही भएको तर्क राख्दे प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गरेका सरकारी वकिलहरूले संविधान बिरामी परेको बताएका थिए। नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले बिरामी संविधानलाई उपचार गर्नका लागि विघटन सदर गर्नुपर्ने तर्क राखेका थिए। उनले भनेका थिए, ‘संविधानले फंक्सन गर्न सकेन भने, अड्कल लगाएर हामी निर्णयमा पुग्न सकेनौँ भने भोलि त्यसको नकारात्मक परिणाम र प्रभाव भोग्नुपर्छ। यो संविधान बिरामी परेको छ।’

पुस ५ गते प्रतिनिधिसभा विघटनको प्रधानमन्त्री केपी शर्मा ओलीबाट सिफारिस र राष्ट्रपति कार्यालयबाट विघटनको घोषणा भएको विज्ञप्तिले विभिन्न प्रश्न उठाएको पाठकको भनाइ थियो। उनले ती संवैधानिक छन् कि छैनन् भन्ने प्रश्न उठेको बताइन्। त्यस्तै, न्यायिक पुनरावलोकनको विषय हो कि राजनीतिक विषय हो भन्ने कुरा पनि उठेको उनको भनाइ थियो।

सबैले निकाय संविधानबमोजिम चल्नुपर्ने पाठकको भनाइ थियो । उनले भनिन्, ‘संविधानभन्दा माथि कोही पनि छैन ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्