सक्कल नागरिकतासहित प्रचण्ड-नेपाल पक्षका नेताहरु पेरिसडाँडामा

  • 178
    Shares
लोकपाटी न्यूज

काठमाडाैँ। नेकपा प्रचण्ड नेपाल पक्षले आफ्ना सबै केन्द्रीय सदस्यलाई सक्कल नागरिकतासहित आज मध्यान्ह १२ बजेभित्र अनिवार्य उपस्थितिको लागि आकस्मिक रूपमा बोलाएपछि केन्द्रीय समितिका सदस्यहरु पार्टी कार्यालय पेरिसडाँडामा भेला भएका छन्।

निर्वाचन आयोगले कानुन बमोजिम गर्नुपर्ने निर्णयलाई अनावश्यक ढंगले लम्ब्याएपछि आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएकोले आजको भेला बोलाइएको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले बताउएकी छन् । उनले राज्यको संवैधानिक निकाय र त्यहाँका पदाधिकारीले गर्ने छलकपटपूर्ण व्यवहार आफूहरुलाई मान्य नहुने बताउँदै आयोगले कानुनबमोजिम ४ सय ४१ जना केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य जतातर्फ छ, त्यसको आधिकारिकता पनि त्यतै दिनुपर्ने उल्लेख गरिन् ।

आफूहरुले राजनीतिक हिसाबले उक्त आधिकारिकतालाई पुष्टि गरिसकेकाले कानुनबमोजिम गर्नुपर्ने न्याय निरुपण तोकिएको समयभित्र आयोगले गर्नैपर्ने पनि झाँक्रीले उल्लेख गरेकी छन्।

नेकपाका ४ सय ४१ सदस्यीय केन्द्रीय समितिका झण्डै दुई तिहाई सदस्य एकातर्फ हुँदाहुँदै पनि निर्वाचन आयोगले आधिकारिकता पुष्टिको लागि आलटाल गरेपछि नेकपा प्रचण्ड माधब पक्षले सक्कल नागरिकतासहित आफ्ना केन्द्रीय सदस्यलाई आयोग पुर्याएर सनाखतको लागि दबाव दिन उक्त आह्वान गरेको बताइन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्