पेरिसडाँडामा नेकपाको केन्द्रीय कमिटी बैठक सुरु : यी विषयमा हुँदैछ छलफल

pm nekapa
  • 291
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो। गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक रुपमा विभाजित बनेको नेकपाको प्रचण्ड समूहको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे केन्द्रीय सदस्यहरुलाई जानकारी गराउने बताइएको छ।

यसैगरी निर्वाचन आयोगमा पुगेको आधिकारिकता विवाद र प्रतिनिधिसभा विघटनविरुद्ध जारी आन्दोलनका विषयमा समेत बैठकमा छलफल हुनेछ। आधिकारिकताका लागि बहुमत देखाउने प्रयासमा रहेको नेकपा प्रचण्ड समूहका नेताहरुले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्