प्रभु बैंकद्वारा विद्यालयलाई कम्प्युटर, प्रिन्टर र स्क्यानर हस्तातरण

  • 1
    Share
लोकपाटी न्यूज

काठमाडौं। प्रभु बैंक लिमिटेडले भानुभक्त माध्यमिक विद्यालयलाई कम्प्युटर प्रिन्टर र स्क्यानर उपलब्ध गराएको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुली जिल्लाको उक्त विद्यालयलाई १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर उपलब्ध गराएको हो।

विद्यालयमा आयोजित एक समारोह मार्फत बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेलले विद्यालयलाई उक्त सामाग्रीहरू हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण गरिएको कम्प्युटर तथा प्रिन्टरको माध्यमबाट विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुग्ने बैंकले विश्वास राखेको छ। यस अघि पनि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ।

साथै आगामी दिनहरूमा पनि यस्तो कार्य निरन्तर रुपमा गरिरहने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्