काठमाडाैँ। फागुन ७ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन र नेरुडे लघुवित्तको शेयरमूल्य समायोजन भएको हो।
नेप्सेले लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। इन्स्योरेन्सको समायोजित मूल्य २ हजार ५०५ रुपैयाँ तोकिएको छ। इन्स्योरेन्सको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन भएको हो। बिहीबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता २ हजार ७५५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न फागुन २५ गते साधारण सभा डाकेको छ।
त्यसैगरी, नेप्सेले यस दिन नेरुडे लघुवित्तको ८ प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको छ। नेप्सेले लघुवित्तको समायोजित मूल्य १ हजार ३६४ रुपैयाँ तोकको हो। अघिल्लो कारोबार दिन लघुवित्तको शेयर दोस्रो बजारमा प्रतिकित्ता १ हजार ४७३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
लघुवित्तले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १९ लाख २५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश पारित गर्न लघुवित्तले फागुन २२ गते वार्षिक साधारण सभा बोलाएको छ।