निर्वाचनको आन्तरिक तयारी पूरा : प्रमुख आयुक्त थपलिया

dinesh_thapaiya
  • 40
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी बैशाखमा हुने निर्वाचनको लागि आन्तरिक तयारी पूरा भएको बताएका छन्। आयुक्त थपलियाले वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि आन्तरिक तयारी पूरा भएको बताएका हुन्।

शुक्रबार पाँचौ निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदो निर्वाचनको लागि आन्तरिक तयारी पूरा गरेको बताए।
फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने तथा देशभरि मतदान स्थल र मतदान केन्द्रहरुको निधो गरिने उनको भनाइ छ।

निर्वाचन सामाग्रीहरुको आन्तरिक बन्दोबस्त भइसकेको भन्दै उनले बाह्य रुपमा उपलब्ध गराउनुपर्ने सामाग्रीहरुको खरिद योजना तयार गरिएको बताए। निर्वाचनमा सामाजिक सञ्जाललाई प्रभावकारी ढंगले प्रयोग गर्नका लागि सामाजिक सञ्जाल सम्बन्धी नीति तर्जुमा गर्ने प्रक्रियामा रहेको पनि थपलियाले बताए।

यही फागुन २१ गते सबै मतदाता नामावलीको नाम प्रकाशन गरिने बताए। देशभरि मतदानस्थल र मतदान केन्द्रहरुको निधो गरिनेछ। त्यसलगत्तै निर्वाचनका कार्यक्रमहरु अगाडि बढ्ने बताए। निर्वाचन खर्चिलो र भड्किलो बन्दै गएकोप्रति निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण भएको पनि बताए। आगामी निर्वाचनलाई मितव्ययी बनाउनका निम्ति आयोग सचेत रहेको उनले बताए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको मूल ध्येय स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी ढंगले निर्वाचन सम्पन्न गराउने रहेको उल्लेख गर्दै निर्वाचनसँग सम्बन्धित संघसंस्था, निकाय, व्यक्ति र विशेषगरी राजनीतिक दलहरुको भूमिका अपरिहार्य रहेको बताए। उनले आगामी निर्वाचनमा अत्यन्त उल्लासमय वातावरणमा जागरुक भई आफ्नो प्रतिनिधि छान्न आम मतदाता सरिक हुनेमा विश्वास समेत व्यक्त गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्