अविश्वासको प्रस्तावमा मतदान गरे पनि कांग्रेस सरकारमा सहभागी हुदैन : महामन्त्री कोईराला

sashanka koirala
  • 48
    Shares
लोकपाटी न्यूज

नवलपुर। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसले अविश्वासको प्रस्तावमा मतदान गरे पनि सरकारमा सहभागी हुन नहुने बताएका छन् ।

नेपाल प्रेस युनियनले शुक्रबार नवलपुरमा आयोजना गरेको सूर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा महामन्त्री कोइरालाले प्रदेश १ र बागमती प्रदेशमा अविश्वासको प्रस्तावमा मतदान गरे पनि सरकार बनाउनतर्फ कांग्रेस लाग्न नहुने बताएका हुन्।

महामन्त्री कोइरालाले कांग्रेस कम्युनिस्टहरूसँग नमिल्ने बताएका छन्। कम्युनिष्टहरूले आफ्नो रूप देखाएको भन्दै कांग्रेस नेकपाको दुवै खेमासँग नमिल्ने उहाँले स्पष्ट पारे। कांग्रेसको आफ्नो अस्तित्व भएकाले त्यो अस्तित्वलाई मेट्न नहुने उनको टिप्पणी छ।

२०४७ सालको जनआन्दोलमा कम्युनिष्टसँग मिल्नु कांग्रेसका लागि ठूलो दुर्भाग्य भएकोे उनको बुझाइ छ। नेकपाको सरकारले देश र जनताका लागि कुनै उपलब्धिमूलक काम गर्न नसकेको महामन्त्री कोइरालाको भनाइ थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्