वन्त राससकाे उत्कृष्ट पत्रकारका रुपमा पुरस्कृत

  • 9
    Shares
लोकपाटी न्यूज

काठमाडौँ।  राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ फोटो पत्रकार प्रदीपराज वन्तलाई यसवर्षको ‘उत्कृष्ट राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ।
राससको ६० औँ वार्षिकोत्सव तथा हीरक वर्षको अवसरमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा सन्चार सचिव हरिप्रसाद वस्यालले फोटोपत्रकार वन्तलाई नगद रु पन्द्र हजार सहित सो पुरस्कार प्रदान गरे।

फोटो पत्रकार वन्तलाई कोभिड-१९ समयमा जोखिमका बीच अहोरात्र फोटो सङ्कलन गरी फोटो पत्रकारितामा योगदान पु¥याएबापत सो पुरस्कार प्रदान गरिएको हो। पत्रकार वन्तले यसअघि पनि ५ वर्ष अघि राससबाट उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् ।

फोटो पत्रकार वन्त विगत नौ वर्षदेखि राससमा फोटो पत्रकारका रुपमा काम गर्दै आएका छन्। पत्रकार वन्तले रासस र देशका विभिन्न स्थानमा रहेका पत्रकारलाई फोटोसम्बन्धी तालीम तथा प्रशिक्षण समेत दिँदै आएका छन्।

फोटो पत्रकार समूह (एनएफपीजे) नेपालका महासचिवसमेत रहेका पत्रकार वन्तले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ प्राप्त गरेका थियो । पत्रकार वन्तले विगत लामो समयदेखि फोटो पत्रकारको अधिकारको निम्ति आवाज उठाउँदै आएका छन्। हीरक वर्ष शुभारम्भका अवसरमा राससमा अविच्छिन्न २० वर्ष स्थायी सेवा गरेका १२ जना कर्मचारीलाई दीर्घ सेवा पदकसहित समाचार, आलेख र फोटोमा उत्कृष्ट योगदान गर्ने कर्मचारीलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्