प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुखकाे शपथ ग्रहण उपराष्ट्रपति र सभामुखद्वारा बहिस्कार

  • 1.9K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रबार साँझ राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुख झाले शपथ लिएका हुन्।

नेपालको संविधानको धारा १६७ बमोजिम झाले प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण गरेका थिए। सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्र सहभागी थिए।

उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा भने आज पनि शपथग्रहण समारोहमा सहभागी भएनन्। संवैधानिक आयोगका पदाधिकारीहरूको सपथ ग्रहण समारोहमा पनि उपराष्ट्रपति र सभामुखले बहिस्कार गरेका थिए।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्‌को सिफारिसमा शुक्रबार प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरी झालाई नियुक्त गरेकी थिइन्।