आजको मौसम पूर्वानुमान : कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

mausam water
  • 6
    Shares
लोकपाटी न्यूज

काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पश्चिमी वायुको प्रभावका कारण आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएको छ। अहिले मुलुकका पहाडी भू–भागहरुमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबिच देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ।