प्रधानमन्त्रीले संविधान उल्लंघन गर्दा राष्ट्रपति नै साक्षी बसेर दलीय स्वार्थमा लागिन् : पूर्वराष्ट्रपति यादव

RamBaran_yadhav
प्रथम राष्ट्रपति डा रामवरण यादव। तस्बिरः रत्न श्रेष्ठ/रासस
  • 811
    Shares
लोकपाटी न्यूज

जनकपुरधाम। पूर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पदीय दायित्वबाट विमुख भई दलीय स्वार्थमा लागेको आरोप लगाएका छन्। प्रधानमन्त्रीले संविधान उल्लंघन गर्दा राष्ट्रपति नै साक्षी बस्नु गलत रहेको बताएका हुन्।

शुक्रबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति यादवले दल विभाजनको अध्यादेश ल्याउनु, राष्ट्रपतिद्वारा त्यसको सदर गरिनु, संवैधानिक परिषदमा आफ्ना मान्छेलाई भर्ती गर्नु लगायत क्रमिक रूपमा लोकतन्त्रमाथि प्रहार हुँदै आइरहेको र यस्तो परिस्थितिमा निर्वाचनमा जानु भनेको दलहरूले आफ्नै टाउको फुटाउनुसरह भएको उनले बताए।

पूर्वराष्ट्रपति यादवले संविधान जारी गर्ने बखतमा आफूले तराई, मधेश, हिमाल र पहाडलाई मिलाउन खोजेपनि अहिले त्यसलाई विखण्डन गर्न खोजिएको दावी समेत गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्