डा. भट्टराईको प्रश्न : ओली प्रवृत्तिको तमासे कहिलेसम्म बनिरहने हो ?

Baburam_Bhattarai
  • 64
    Shares
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गर्दै संविधान र कानुनमाथि प्रहार गरिरहेको बताएका छन्। उनले प्रधानमन्त्री ओलीले संविधान, कानुन र लोकतन्त्रविरुद्ध खड्ग प्रहार गरिरहेको बताए।

शनिवार सामाजिक सञ्जालमार्फत भट्टराईले ओलीले संविधान, कानुन र लोकतन्त्रविरुद्ध खड्ग प्रहार गरिरहँदा अरू तमासे बनिरहेको टिप्पणी गरेका हुन्। प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को नियुक्ति, प्रदेश प्रमुखको बर्खास्त, सचिव र कर्मचारीको सरुवा, फास्टट्रयाक, तल्लो अरुण आदि सबैमा विधि, प्रक्रिया र कानुन मिचेको बताए।

उनले क्रूर तानाशाहको संज्ञा पाएका हिट्लर लोभी/कायरकै काँध चढेर आएको नभुल्न पनि आग्रह गरेका छन्।

‘खड्गप्रसादले संविधान, कानुन र लोकतन्त्रविरुद्ध खड्ग प्रहार गरिरहने, अरू तमासे बनिरहने ? डा. भट्टराईले लेखेका छन्, ‘प्रतिनिधिसभा विघटन! संवैधानिक परिषद् वस्तुतः विघटन र खल्तीबाट आयोगहरू पूर्ति ! प्रदेश प्रमुख बर्खास्त! सचिव र कर्मचारीहरूको पजनी ! फास्ट ट्रयाक, तल्लो अरुण झ्वाम ! नभुलौँ-हिटलर लोभी/कायरकै काँध चढेर आएको थियो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्