मालपोत कार्यालय बाराका निमित्त प्रमुख बडाल ६ लाख घुससहित पक्राउ

hatkadi-pakrau
  • 9
    Shares
लोकपाटी न्यूज

वीरगञ्ज। बाराको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी कानून व्यवसायी बद्रीप्रसाद बडाल पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले मालपोत प्रमुख अमलेखगञ्जस्थित जग्गा होटलबाट ६ लाख घुस रकमसहित दुवैजनालाई पक्राउ गरेको हो।

अख्तियारको टोलीले सेवाग्राहीसँग ६ लाख रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा रकमसहित उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद सिलवालले जानकारी दिए। नियन्त्रणमा लिएका उनीहरुलाई अख्तियारले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्