विराटनगरमा प्रधानमन्त्री ओलीलाई देखाइयो कालो झण्डा

Biratnagar
  • 20
    Shares
लोकपाटी न्यूज

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाईएको छ। ओलीलाई प्रचण्ड माधव समूहका विद्यार्थी नेतासहितको टोलीले विराटनगरमा कालो झण्डा देखाएको हो।

आमसभाका लागि विराटनगर पगेका प्रधानमन्त्री ओलीलाई विराटनगर एयरपोर्टमा ओलिएपछि विद्यार्थीहरुले उनीविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएका हुन्। शनिबार आफ्नो समूहको शक्ति प्रदर्शन र जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आएका हुन्।

प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन गरेपछि पहिलोपटक प्रदेश १ मा आमसभालाई सम्बोधन गर्न लागेका हुन्। आज हुने जनसभामा दुई लाख कार्यकर्ता उतार्ने लक्ष्य ओली समूहले गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्