मविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत हुन्छ : मुख्यमन्त्री राई

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा गरिएको आक्रमण सहज ढंगले परस्त गरिने बताए। ओली समूहले विराटनगरमा गरेको जनसभालाई सम्बोधनमा उनले प्रचण्ड-माधव नेपाल पक्षले प्रदेशमा भाँजो हाल्न लागेको आरोप लगाए।

प्रदेश १ मा मुख्यमन्त्री राईविरुद्ध नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरेको छ। त्यसपछि प्रदेश सभाको बैठक बस्न सकेको छैन। राईले आफूलाई हटाउने भए प्रदेश सभा विघटन गर्नेसम्मको चेतावनी दिइसकेका छन्।

शनिबार आयोजित भेलामा राईले भने, ‘प्रदेशमा पनि भाँजो हाल्न खोजिएको छ। प्रदेशमा गरेको आक्रमण सहज ढंगले परस्त गरिनेछ। हाम्रो यात्रा निरन्तर अगाडि बढ्ने छ।’ प्रचण्ड-नेपाल समूहले मुलुकलाई स्थितरता सिर्जना गर्ने प्रयास गरेको उनको आरोप छ।

मुख्यमन्त्री राईले प्रदेश कब्जा गर्न नदिने बताए। उनले थपे, ‘विधि प्रक्रियाको खिल्ली उडाउँदै आउनुभएको छ। प्रदेश कब्जा गर्न दिँदैनौं। प्रदेशलाई संस्थागत गर्दै अगाडि बढ्छौं।’ राईले निर्वाचन आयोगले शुक्रबार नै वैशाखमा घोषणा भएको चुनावको तयारी थालेको जानकारी दिएको दाबी गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्