नेकपा प्रचण्ड–नेपाल समूहका विद्यार्थी नेता आलम पक्राउ

aa
  • 26
    Shares
लोकपाटी न्यूज

विराटनगर। नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’- माधवकुमार नेपाल पक्षका विद्यार्थी नेता वसिम आलम पक्राउ परेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगर आमसभामा कालो झण्डा देखाएको भन्दै प्रहरीले उनीसहित केहीलाई पक्राउ गरेको अनेरास्ववियू संहसंयोजक रञ्जित तामाङले जानकारी दिए।

विराटनगर विमानस्थलबाट ओली पक्षको आमसभातर्फ कालोझण्डा देखाउँदै जाँदा प्रहरीले पक्राउ गरेको हो। यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाईएको छ। ओलीलाई प्रचण्ड माधव समूहका विद्यार्थी नेतासहितको टोलीले विराटनगरमा कालो झण्डा देखाएको हो।

आमसभाका लागि विराटनगर पगेका प्रधानमन्त्री ओलीलाई विराटनगर एयरपोर्टमा ओलिएपछि विद्यार्थीहरुले उनीविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएका हुन्। शनिबार आफ्नो समूहको शक्ति प्रदर्शन र जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आएका हुन्।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्