संसद विघटन सदर हुनेमा म प्रधानमन्त्री जति विश्वस्त छैन : नेम्वाङ

subash_newang_7
  • 3.4K
    Shares
लोकपाटी न्यूज

विराटनगर। केपी ओली समूहका नेता सुवास नेम्वाङले प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतले सदर गर्ने तर्क गरेका छन्। विराटनगरमा ओली पक्षले गरेको सभामा नेम्वाङले अदालतले प्रधानमन्त्रीको पक्षमा फैसला गर्ने दाबी गरेका हुन्।

उनले भने, ‘म बोल्दिनँ, सम्माननीय प्रधानमन्त्रीले भन्नुभएको छ। लोकतन्त्रमा जनताको बीचमा नगएर कहाँ जाने ? प्रधानमन्त्री सयमा दुई सय प्रतिशत विश्वस्त हुनुपर्छ। प्रधानमन्त्रीमाथि मलाई साह्रै विश्वास छ।’

अदालतमा विचाराधीन मुद्दामा विपक्षीहरूले बोलेकोप्रति असन्तोष प्रकट गरेका उनले प्रधानमन्त्रीले निरन्तर सर्वोच्चलाई दबाब दिइरहेकोबारे भने सही थपे। उनले भने, ‘मैले त यो बारेमा बोल्न मिल्दैन। तर, प्रधानमन्त्रीज्युले भनिरहनु भएको छ, प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार छ भनिरहनु भएको छ।’

प्रधानमन्त्रीले काम गर्न नपाएर प्रतिनिधिसभा विघटन गरेको पनि नेता नेम्वाङले जिकिर गरे। ‘प्रधानमन्त्रीको प्रश्न छ, म दुई तिहाईको प्रधानमन्त्रीले काम गर्न नपाएपछि मैले के गर्ने ? यही ११ गतेदेखि १५ गतेसम्ममा सर्वोच्च अदालतको फैसला आउँछ विज्ञहरु भन्छन्।’

नेम्वाङले पुन: आफ्ना कुरा नभन्ने दोहोऱ्याउँदै भने, ‘म आफ्नो कुरा भन्दिनँ, अदालतले फैसला गरेको भोलिपल्ट म त्यसबारेमा भन्छु। प्रधानमन्त्री १ सय मा २ सय प्रतिशत संसद् विघटनको निर्णय फिर्ता हुँदैन भन्नेमा विश्वस्त हुनुहुन्छ।’

उनले देशमा जनताले निर्वाचन चाहेको बताए। ‘नेपाली जनताले फैसाला सुनाइसकेका छन् देशका जनता निर्वाचन चाहन्छन् दूधको दूध पानीको पानी छुट्याउन चाहन्छन्,’ उनले भने ‘सम्मानित सर्वोच्च अदालतको फैसाला हामी कुरिरहेका छौँ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्