पर्वतमा ओलीको असंवैधानिक कदमविरुद्ध विरोध प्रदर्शन

pic
लोकपाटी न्यूज
0 Shares

निर्मल पौडेल/ पर्वत, ८ फागुन। प्रधानमन्त्री केपी ओलीले गरेको असंवैधानिक कदमको विरुद्दमा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड -नेपाल समूहलगायत विभिन्न दल नागरिक समाज देखि अन्य सरोकारवाला निकायले विरोधका कार्यक्रम गरिरहेका छन्। प्रजातन्त्र दिवशको अवसरमा असंवैधानिक कदमको विरोधमा देशभर विभिन्न कार्यक्रम सम्पन भए।

यसै सन्दर्भमा नेकपा प्रचण्ड- नेपाल समूहको कुश्मा नगर कमिटीले पनि नगरका १४ वटै वडाहरुमा विरोधको व्यानर राख्नुका साथै कोण सभा सम्पन्न गरेको छ। नेकपाको केन्दीय कार्यक्रम अन्र्तगत नगर कमिटीले सवै वडाहरुमा विरोध कार्यक्रम सम्पन्न गरेको नेकपा पर्वतका सचिवालय सदस्य मिनराज केसी अविरलले जानकारी दिए। कुश्मा नगरपालिका वडा नम्बर १४ आर्थरको कोण सभामा वोल्दै नेकपा कुश्मा नगर कमिटी अध्यक्ष शंकर गिरीले संविधान भन्दामाथि उठेर प्रधानमन्त्री ओलीले संसद विगठन गर्नु संविधान र नेपाली जनताले त्याग र वलिदानीबाट प्राप्त गरेको उपलब्धी माथिनै कुठराघात भएको वताए।

ओलीले गरेको ‘कु’ को विरुद्दमा सबै नेपाली जनताहरुले साथ दिने भन्दै गिरीले यो लडाइँ व्यक्तिको नभएर प्रवृतिको विरोधका लागि भएको जिकिर गरे। वर्तमान परिपेक्ष्यमा देश धु्रविकरणको संघारमा जान सक्ने भन्दै मुलुकको संविधान र प्राप्त उपलव्धीको रक्षार्थ नेपाली जनताहरु एक भएर अगाडि वढ्नुको विकल्प नभएको बताए। सत्य र असत्यको लडाइँमा संधै सत्यको जित हुने भन्दै गिरीले व्यक्तिगत स्वार्थपूर्तिका खातिर केही मण्डलेहरु मुलुकलाई धु्रविकरण गर्न पश्चगमनको बाटो अंगालेको आरोप समेत लगाए।

कार्यक्रममा सहभागीहरुले ओलीले गरेको अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदम मुर्दावाद, संसद तत्काल पुर्नस्थापना गर,संघीय गणतन्त्र जिन्दावाद, असंवैधानिक नियुक्ति खारेज गर लगायतका नारा लगाएका थिए। कार्यक्रममा विद्यार्थी युवा नेता विजयप्रकाश सापकोटा, जिल्ला सदस्य गोविन्द नेपाली,नेकपा वार्ड अध्यक्ष कृष्ण पौडेल,नगर कमिटी सदस्य द्रोण रेग्मी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्