संसद भंग महान् क्रान्ति हो : गृहमन्त्री थापा

rambhadur_thapa_Badal
लोकपाटी न्यूज
0 Shares

विराटनगर। गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन क्रान्तिकारी र अग्रगामी कदम भएको बताएका छन्। विराटनगरमा शनिवार नेकपाको ओली समूहको आमसभामा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन संवैधानिक भएको बताए।

‘प्रतिनिधिसभा विघटन क्रान्तिकारी र अग्रगामी कदम हो,’ उनले भने, ‘यो कदम संवैधानिक पनि छ।’ गृहमन्त्री थापाले देशको विकास, सुशासन र प्रगतिको निम्ति स्थायित्व अनिवार्य भएकाले त्यसका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको जानकारी दिए।

उनले संसद् पुनर्स्थापना भए फेरि संसदीय फोहोरी खेल हुने भन्दै स्थायित्वका निम्ति सरकारले घोषणा गरेको चुनावमा होमिन अपिल समेत गरे। उनले संसद् पुनर्स्थापना भए फेरि फोहोरी खेल सुरु भए देशमा स्थायित्व नहुने बताए।

‘पुरानो संसद् जसले अस्थिरता जन्मायो। सरकारलाई काम गर्न दिएन। सरकारका काममा अवरोध खडा गर्‍यो’, थापाले भने, ‘त्यसैले नयाँ प्रतिनिधिसभाको आवश्यकता भयो। त्यही आवश्यकताका लागि पुरानो संसद्को विघटन र नयाँ संसदले मात्र यो देशमा स्थायित्व कायम गर्न सक्छ। देशको समृद्धिको यात्रालाई अगाडि बढाउन सक्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्