सर्वोच्च अदालतले हाम्रो सभा हेरेर फैसला गर्नुपर्छ : ओली

KP Sharma Oli
  • 107
    Shares
लोकपाटी न्यूज

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताएका छन्। विराटनगरमा शनिबार नेकपाका ओली समूहको आमसभामा समूहका उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्था फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न म भन्न चाहन्छु।’

कुनै कारण प्रतिनिधि सभा पुनर्स्थापना हुने भयो सांसद किनबेच, सरकार बनाउने-ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई कमजोर बनाउने उनले बताए। देशलाई अस्थिरतातिर फर्काउने होइन भन्दै उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभामाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला। संधिानको मम र भावना हेरेको होला। मुलक कता जान्छ भन्ने विश्लेषण गरेकै होला।’

प्रधानमन्त्री ओलीले देश र जनताको विपक्षमा फैसला आए आन्दोलन गर्ने बताए। उनले ‘सेटिङ-फेरिङ’ भएर प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिए। प्रतिनिधिसभा विघटन सदर गराउन ‘सेटिङ’ गरिरहेको भन्दै अरू राजनीतिक दलले आरोप लगाइरहेका बेला उनले भने संसद पुनर्स्थापनाका लागि ‘सेटिङ’ भइरहेको दाबी गरे।

‘सर्वोच्च अदालतले देशैभर भइरहेका सभालाई हेरिरहेको होला। संविधानको भावना र मर्मलाई हेरेको होला। यसपछिका परिणतिहरू, मुलुक कतातिर जान्छ भन्ने हेरेको होला,’ ओलीले भने, ‘त्यसकारण म तपाइँहरूलाई भन्न चाहन्छु। कुनै भ्रममा नपरेर, अन्योलमा नपरेर चुनावको तयारीमा जुट्नुस्।’

उनले अगाडि भने, ‘यदी कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिगडम, सेटिङ केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडी बढ्छ। फेरि पनि हामी त्यस्ता शक्तिहरुलाई पराजित गर्छौं। त्यसकारण तपाईंहरुलाई आत्मविश्वासका साथ, धैर्यताका साथ देश र जनता, लोकतन्त्र, सुशासन र विकासलाई मूलमन्त्र मानेर अगाडी बढ्नुस्।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्