ओपोकाे ए १५ एस सार्वजनिक, यस्ता छन् विशेषता

लोकपाटी न्यूज

काठमाडाैँ। ओपोले नेपालमा ए सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन ओपो ए १५ एस सार्वजनिक गरेको छ । ६.२ इन्च स्क्रीन भएको ओपो ए १५ एस नेपालमा सार्चजनिक भएको हो। यस फोनमा ४ हजार २ सय ३० एमएएचको ब्याट्री जडान गरिएको छ। फोनमा एआई ट्रिपल क्यामेरा जडान गरिएको छ।

‘प्रयोगकर्ताका मनोरञ्जन तथा सामाजिक सञ्जालसँग जडित रहने आवश्यकताका लागि उपयुक्त उपकरणका रुपमा ओपो ए १५ एस उपलब्ध गराउन पाउँदा हामी निकै उत्साहित छौँ।’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘तिनलाई सहज र अभूतपूर्व अनुभव प्रदान गर्ने सोचका साथ हामीले फोनमा बृहत्त सञ्चय क्षमताका साथै ठूलो स्क्रिन उपलब्ध गराएका छौँ।’

ओपो ए १५ एसमा ४ जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेज राखिएको छ। इन्टरनल स्टोरेजलाई प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार २५६ जीबी सम्म बढाउन सक्ने छन्। फोनमा मिडियाटेक हेलियो पी ३५ अक्टा कोर चिपसेट प्रयोग गरिएको छ। साथै ओपो ए १५ एसमा मेमोरी डिफ्रागमेन्टेशन २.० सहितको सिस्टम लेभल अप्टिमाइजेशन पनि उपलब्ध छ। यसले कार्यक्षमतामा ५ प्रतिशतको बृद्धि ल्याउँने कम्पनीले जनाएको छ।

यसमा उपलब्ध हाईपरबुस्ट २.१ ले फ्रेमबुस्ट र टचबुस्टको एकीकृत सहायता मार्फत फोन परफरमेन्सको स्थिती अनुमान गर्दै फ्रेम रेट लस घटाउन स्वचालित रुपमा आफूलाई समायोजित गर्दै, अझ स्मूथ र अझ प्रतिक्रियात्मक गेमिङ अनुभव प्रदान गर्छ । अनुकूलित फ्रेम रेटले गर्दा प्रयोगकर्ताले स्थिर र न्यून ढिलाइ सहितको ईनगेम ग्राफिक्सको मज्जा लिन सक्नेछन्।

ओपो ए १५ एसमा डाइर्‍याक २.०, स्टेट अफ आर्ट डिजिटल साउन्ड करेक्शन प्रविधिपनि राखिएको छ । यो प्रविधिले संगीत, चलचित्र लगायत गेमिङमा समेत अनुकुलित एकोस्टिक ईफेक्ट प्रदान गर्छ सघाउँछ। यसमा ब्याट्री सकिनै लागेको अवस्थामा समेत ट्याक्सी बुक गर्न वा आफ्ना प्रियजनसंग कुराकानी गर्न पर्याप्त हुने उर्जा प्रदान गर्न सुपर पावर सेभिङ मोड पनि उपलब्ध गरिएको छ।

साथै, फोनमा अनलकिङका लागि प्रयोगकर्ताले रियर फिंगरप्रिन्ट सेन्सर वा एआई फेस अनलक सुविधाको समेत प्रयोग गर्न सक्छन्। फोनमा आई कम्फर्ट फिल्टर्स, सनलाइट स्क्रिन र एआई ब्राइटनेस लगायत सुविधापनि उपलब्ध छन्। ओपो ए १५ एसमा रहेका एआई ट्रिपल क्यामेराले मानिसका साथै तपाई वरपरको विश्वको सटिक तस्विर खिच्न सघाउँछ । यसमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो लेन्सको समेत व्यवस्था गरिएको छ।

फोनमा ब्याकग्राउण्डलाई नेचुरल बोके ईफेक्ट दिने २ मेगापिक्सेल डेप्थ क्यामेरा पनि जडान गरिएको छ। फोनमा रहेको एचडीआर फिचरले प्रयोगकर्तालाई कम प्रकाश वा ब्याकलाइट भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्न सघानेछ। ओपो ए १५ एसमा ५ मेगापिक्सेलको फ्रण्ट क्यामेरा राखिएको छ। यसमा कलरओएस ७.२ को प्रयोग गरिएको छ। नयाँ फोनमा प्रयोगकर्ताको सहजताका लागि यसमा अद्यावधिक कलर कन्ट्रास्ट सहित डार्क मोड फिचर उपलब्ध छ।

थ्री फिंगर स्क्रोलिङ स्क्रिनशटले अब होरीजेन्टल मोडका साथमा पीडीएफ डकुमेन्ट पनि सपोर्ट गर्छ। साथै आइकन पुल डाउन जेस्चर र स्मार्ट साइडबार जस्ता सहजता उपलब्ध गराउने फिचरपनि फोनमा समावेश छन्। एउटै ल्यान कनेक्शन भएका स्थानमा साथीहरु भेला भइरहेका बखत एउटै गीतको मज्जा एकसाथ सबैले आ आफ्नो फोनमा लिन सघाउने उपयोगी म्युजिक पार्टी फिचर पनि फोनमा उपलब्ध रहेको छ।

फागुन ४ गतेदेखि ओप्पोका प्रमुख विक्री केन्द्र मार्फत नयाँ फोन ए १५ एस देशभर उपलब्ध भएको छ। उपभोक्ताले डायनामिक ब्ल्याक र मिस्ट्री ब्लु गरी दूई कलरमा फोन खरिद गर्न सक्छन्। फोनमा ४जीबी र्‍याम र ६४ जीबी रोमको व्यवस्था गरिएको छ। ओप्पो ए १५ एसको मूल्य २१ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्