जनता मावि देविस्थानको वार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न

pic 6
लोकपाटी न्यूज
0 Shares

निर्मल पौडेल/ पर्वत, ९ फागुन। फलेवास नगरपालिका ६ देविस्थानस्थित जनता माध्यमिक विधालयको ६४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवश विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ। शनिबार विद्यालयमा विविध शैक्षिक तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव सम्पन भएको हो।

वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले अबको शिक्षा प्राविधिक हुनुपर्नेमा जोड दिए। विद्यालयको सर्वाङ्गीण विकासमा शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्वन्ध हुने भन्दै शर्माले शैक्षिक समन्वयमा आआफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए। जनता माविलाई सामुदायिक विद्यालयमा देशकै उत्कृष्ट विद्यालय बनाउन सरोकारवाला निकाय लाग्नुपर्ने भन्दै आँफू र नगरले गर्ने सहयोग सदैव हुने उल्लेख गरे।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद श्रेष्ठले विद्यालयको आर्थिक तथा भौतिक प्रतिवेदन पेश गर्दै विधालयको समग्र विकासमा योगदान पु¥याउने शिक्षक, विधार्थी, अभिवावक, व्यवस्थित समिती, सहयोगी, चन्दादाता सम्पुर्णलाई धन्यवाद व्यक्त गरे। कार्यक्रममा शैक्षिक वर्षमा विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिनुका साथै सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो।

शिक्षक युवराज शर्मा र विद्यार्थी अनिता नेपालीले स्वागत मन्तव्य राखेको कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुती देखाएका थिए। कार्यक्रममा बोल्ने वक्ताहरुले कोरोनाको प्रभाव र देशमा भैरहेको राजनीतिक अस्थिरताका कारण शिक्षा क्षेत्रमा नराम्रो प्रभाव पारेको बताएका थिए।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष केशव प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक जिवनाथ शर्मा पौडेल र धना न्यौपानेले गरेका थिए।

कार्यक्रममा विद्यालयका सम्पुर्ण शिक्षक,विद्यार्थी,अभिभावक,विद्यालय व्यवस्थापन समितीका पदाधिकारी शिक्षाप्रेमी समाजसेवी वुद्धिजिवी पत्रकार लगायतको उपस्थिती रहेको थियो।