प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति कांग्रेस प्रवक्ता शर्माले गरे आलोचना

Bishwa_Prakash_Sharma
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईलाई आलोचना गरेका छन्। संसद् पुनर्स्थापना भए आन्दोलन गर्ने भनाइलाई लिएर प्रवक्ता शर्माले आलोचना गरेका हुन्।

उनले प्रधानमन्त्रीको भनाइलाई पदीय गरिमा विपरीतको मन्तव्य भनेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रवक्ता शर्माले भनेका छन्,“दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति दिने प्रधानमन्त्रीको मन्तव्य पदीय गरिमा विपरीत छ।’

प्रधानमन्त्री ओलीले न्यायलयको फैसला कहिल्यै स्वीकार्छौं नभन्ने गरेको प्रवक्ता शर्माले आरोप लगाए। उनले चेतावनी दिने प्रधानमन्त्रीको जंगे शैली लोकतान्त्रिक हुन नसक्ने पनि बताए।

प्रदेश १ को राजधानी विराटनगरमा शनिबार पार्टीले आयोजना गरेको आमसभामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन संविधानसम्मत गरिएको भन्दै प्रतिनिधिसभा पुनर्स्थापना नहुने र यदि भए आन्दोलन गर्ने बताएका चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्