भारत जाँदै डा. बाबुराम भट्टराई

Baburam-Bhattarai-2
  • 11
    Shares
लोकपाटी न्यूज

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली जान लागेका छन्। उनी आज नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ।

उनीसँग पत्नी हिसिला यमी र प्रेस संयोजक विश्वदीप पाण्डे पनि जाने भएका छन्। उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए।

अहिले चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि जान लागेका हुन्।

दिल्लीमा उनको उपचार इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा हुनेछ। उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ त्यहाँस्थित नेपालको दूतावासमा हुने बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्