काठमाडौं। काठमाडौं उपत्यकासहित अहिले देशका अधिकांश स्थानमा घाम लागेको छ। पूर्वी तराईका एकदुई ठाउँमा अहिले कुहिरो लागे पनि बिस्तारै कुहिरो हटेर घाम लाग्ने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणाली छैन। पश्चिमी वायुको प्रभाव नरहेकाले देशभरको मौसम सफा रहेको मौसमविदले बताएका छन्।
आज दिउँसो प्रदेश १ को पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। राती प्रदेश १ को पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ।