मोटरहेडको नेपालमा सर्वाधिक रुचाइएको बाइक टेक्कन

Shankar_Pokharel
  • 15
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा उपलब्ध मोटरहेडका बाइक मध्ये सबैभन्दा बढी रुचाइएको बाइक टेक्कन २५० हो। विश्व रेकर्ड कायम गर्न सफल भएको डर्ट बाइक टेक्कन २५० युवाहरुका लागि रुचिकर बाइक बनेको छ।

नेपालमा मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले देशभर रहेका विभिन्न सोरुमहरुमा सो बाइकको टेस्ट ड्राइभ गर्न र विभिन्न जानकारी लिन सकिने बताएको छ।

मोटरहेड टेक्कन बाइकमा २५० सीसीको एयरकुल्ड इन्जिन छ, जसले १९ एचपीको पावर र २० एनएमको टर्क प्रदान गर्छ। यस बाइकमा पावर भन्दा बढी टर्क भएको कारण जस्तोसुकै अफरोड र उकालो बाटोमा सजिलै तान्दछ। बाइकको टप स्पिड १२० किमी प्रतिघण्टा छ।

सो बाइकले प्रति एक सय किलोमिटरमा २.१ लिटर मात्र इन्धन खपत गर्ने भएकोले धेरै इन्धन किफायती समेत छ। ६ स्पिड गियरबक्स भएको यो बाइकमा २६० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ। जसले गर्दा जस्तोसुकै अफरोड बाटोमा मोटरसाइकल गुडाउँदा इन्जिन भुँइमा नछुने हुनाले इन्जिन पनि सुरक्षित हुन्छ।

एलइडी हेडलाइट भएको टेक्कन २५० मा टायर फ्रन्टमा ११०.९०—१७” र रियरमा १३०.८०—१७” छन् भने १३९० मिलिमिटरको ह्विलबेस भएको दुबै ह्विलहरुमा ड्यूअल पिस्टन क्यालिबर सहितको डिस्कब्रेक दिएको छ।

त्यसैगरी यस बाइकमा फ्ल्याट ह्यान्डलबार दिइएको छ। जसले अफरोडिङको समयमा बाइक पल्टेमा ह्यान्डल नबाङ्गिने र लामो यात्रा गर्दा थकाई महसुस नभई ढाड दुख्ने जस्ता समस्या नआउने हुन्छ। जसले गर्दा यात्रालाई सहज बनाउने भएकोले टेक्कन २५० नेपाली बजारमा ग्राहकहरुले एकदमै रुचाएको कम्पनीको भनाइ छ।

मोटरहेड टेक्कन २५० बाइकको मूल्य ३ लाख ९५ हजार रुपैंया छ। २५० सीसी सेगमेन्टमा यो निकै नै प्रतिस्पर्धि मूल्य हो। यस कम्पनीका बाइकहरु यदि किस्तामा किन्न चाहेमा कमसेकम ५० प्रतिशत रकम डाउन पेमेन्ट गरेर आवश्यक सम्पूर्ण कागजात बुझाएमा पाइन्छ। नेपाल अटो

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्