धनुषाबाट अपहरित बालकको उद्धार, बुवा र मामा पक्राउ

uddhar-gariye-ka-balak
  • 9
    Shares
लोकपाटी न्यूज

जनकपुरधाम। धनुषाबाट अपहरणमा परेका एकजना बालकको सकुशल उद्धार गरिएको छ। बालकको ७ घण्टाभित्र सकुशल उद्धार गरिएको हो। बच्चालाई जनकपुरधामको माछा बजार नजिकै राखिएको अवस्थामा उद्धार गरिएको हो।

बच्चाको अपहरणमा संलग्न भएका उनका दुई जना मामा पक्राउ परेका छन्। लक्ष्मेश्वर दास र अर्का एक जनाको नाम खुल्न सकेको छैन। अपहरणमा संलग्न बालकका मामासहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बालकका बुवा पनि छन्।

जिल्लाको नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट शनिबार बिहान अपहरणमा परेका ७ वर्षीय बालकको जनकपुरधामस्थित एक होटलबाट शनिबारै राति उद्धार गरिएको प्रहरीले जनाएको छ।

जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएका थिए। साँझमा उनको घरमा बच्चालाई अपहरण गरिएको भन्दै १ करोड फिरौती माग गरिएको थियो।

प्रहरीले अपहरित बालकका पिता रमेशलाई पनि पक्राउ गरेको छ। बच्चा अपहरणमा उनको पनि संलग्नता भएको आशंकामा उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्