एनसीसी बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन

  • 35
    Shares
लोकपाटी न्यूज

काठमाडौं। एनसीसी बैंकले लिलामीमा बिक्री खुला गरेको सेयर भर्ने आज आइतबार (फागुन ९ गते) अन्तिम दिन हो। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ। बैंकले फागुन २ गतेबाट २५ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो। यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्।

यसमा न्यूनतम १४० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ। लिलामी सेयरको आवेदन सोमबार फागुन १० गते दिउसो १ बजे सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा खोलिनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्