ग्लोबल आइएमईको ट्राफिक जरिबाना बैंकबाट भुक्तानी गर्ने सेवा सुरु

Global ime bankpic
  • 10
    Shares
लोकपाटी न्यूज

काठमाडौं। ग्लोबल आइएमई बैङ्क लिमिटेडले चितवन जिल्लाको ट्राफिक जरिबाना बापत बुझाउनुपर्ने रकम बैंकिङ्ग प्रणालीबाट भुक्तानी गर्ने सेवा सुरु गरेको छ।

ग्लोबल आइएमई बैङ्क र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको आपसी समझदारी अनुरुप चितवन जिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनुपर्ने जरिबाना रकम बैङ्कका जुनसुकै शाखा कार्यालयबाट बुझाउन सकिनेछ।

चितवनमा आयोजित एक विशेष कार्यक्रमबीच प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले उक्त सेवाको शुभारम्भ गरे। ग्राहकवर्गको सेवा तथा सुविधालाई मध्यनजर गर्दै बैङ्कले समयसमयमा यस किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ।

बैङ्कका नारायणगढ शाखाका प्रबन्धक नारायण प्रसाद पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा बैङ्कले आम जनमानसमा सरल सेवा प्रदान गर्ने कुरा व्यक्त गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्