काठमाडौँ। आइतबार सुनचाँदीको मुल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ८ सयले बढेर ८९ हजारमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार छापावाला सुन तोलाको ८८ हजार २ सयमा कारोबार भएको थियो। त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ५५० रहेको छ।
त्यसैगरी आज चाँदी भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।