इन्फ्रास्टक्चर बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट

  • 78
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। साताको पहिलो दिन कारोबारको शुरूवातदेखि नै इन्फ्रास्टक्चर बैंकको शेयर मूल्य बढेको छ। बिहान ११ः२३ बजेको समयमा बैंकको शेयर मूल्य बढेर सर्किट लेभलमा पुगेको छ।

समाचार तयार पार्दासम्म बैंकको शेयर मूल्य ९.८९ प्रतिशतले बढ्दै शेयर मूल्य ६ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन यस बैंकको शेयर मूल्य ५ सय ४६ रुपैयाँ पुगेको थियो। आज ५४ अंकले बढ्दै ६ सय रुपैयाँ पुगेको हो।

गत साताको शुरूको दिन ३ सय ४० रुपैयाँबाट शुरू भएको कारोबार आज (आइतवार) ६ सय रुपैयाँमा पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्