काठमाडौं। बलिउड नायिका करिना कपुर पुनः एकपटक आमा बनेकी छन्। करिनाले आइतबार बिहान छोरालाई जन्म दिएकी हुन्। भारतीय सञ्चार माध्यका अनुसार करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। अहिले आमा र बच्चा दुबै स्वस्थ रहेका छन्।
करिना र सैफ अली खान आफ्नो नयाँ सन्तानका लागि निकै उत्साहित छन्। उनीहरुको पहिलो सन्तानको रुपमा छोरा तैमुर खान रहेका छन्। आफ्नो भाइको स्वागतका लागि तैमुर पूर्ण रुपमा तयार देखिएका छन्। यसअघि करिना कपुर र सैफ अली खान नयाँ घरमा सरेका थिए।