कहिले खुल्छ सर्बसाधारणकाे लागी सिँगटी हाइड्रोपावरकाे आईपीओ ?

  • 119
    Shares
लोकपाटी न्यूज

काठमाडौं। दोलखाको सिँगटी हाइड्रोपावरमा १७ लाख ५४ हजार ३ सय ५३ जना स्थानीयले आईपीओ भरेका छन्। मेगा क्यापिटल मार्केट्स लिमिटेडको निष्काशन तथा बिक्रीप्रबन्धकत्वमा निष्काशन तथा बिक्री खुल्ला गरिएको सिंगटी हाइड्रो इर्नर्जी लिमिटेडमा अन्तिम दिन अर्थात फागुन ३ गतेसम्म सो संख्याले सेयरका लागि आवदेन दिएका हुन्।

आवेदकहरुबाट १७ करोड ४५ लाख ३५ हजार ३ सय रुपैयाँ बराबरको आवेदन परेको छ। एक सय रुपैयाँ अंकित दरका ४३ लाख ५० हजार कित्ता साधारण शेयरमध्ये १४ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका दोलखाको कालिन्चोक र बिगु गाउपालिकाका स्थानीय बासिन्दाहरुको लागि माघ ४ गतेदेखि फागुन ३ गतेसम्मका लागि आवेदन दिने समय खुल्ला गरेको थियो।

यसमा संकलन केन्द्रहरु सिंगटी हाइड्रो इर्नर्जी लिमिटेडको आयोजनाकार्यलय दोलखा, कालिञ्चोक गाउँपालिका-२ बाँबरे, दोलखा सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, सिंगटी दोलखा र नेपाल बैंक लिमिटेड ,सिंगटी दोलखा र मेगा क्यापिटलम मार्केट्स लिमिटेड, त्रिपुरेश्वर, काठमाडौं तथा सि-आस्वा सेवामा सहभागी बैंक तथावित्तीय संस्थाहरुबाट समेत गरी जम्मा १९ हजार १ सय ९८ जनाआवेदकहरुबाट एक सय अंकित दरका सत्र करोड पैतालिस लाख पैतीस हजार तीन सय रुपैयाँ बराबरको आवेदन परेको हो। जुन बिक्रीको लागि माग गरिएको आवेदन रकमभन्दा २०.३७ प्रतिशतले बढी आवेदन परेको हो।

उक्त आवेदनहरुमध्ये योग्य तथा अयोग्य आवेदन फारामहरु प्रशोधन गर्ने कार्य निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडबाट भइरहेको बताइएको छ। अब चाडै बाँडफाँट गरी सर्वसाधारणको लागि छुट्याईएको २९ लाख शेयर निश्काशन गरिने पनि कम्पनीले बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्