सिटिजन्स बैंक र पेलेस एप्सबीच सम्झौता

  • 16
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल र पेलेस एप्सबीच ग्राहकलाई छुट दिनेबारे सम्झौता भएको छ। सम्झौताअनुसार सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमापश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पेलेस एप्ससँग आवद्ध ४५० भन्दा बढी आउटलेटहरूमा विशेष छुट पाउनेछन्।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ। सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट करिव सात लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

सिटिजन्स बैंक इन्टरनेसनलले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्नेलगायतका सेवाको सुरुवात गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्