अभिनेता सुशान्तको नाममा राष्ट्रिय अवार्डको तयारी

susanta sing rajput pic
  • 16
    Shares
लोकपाटी न्यूज

एजेन्सी। भारत सरकारले दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको नाममा राष्ट्रिय अवार्ड स्थापना गर्ने भएको छ। भारत सरकारले यसको लागी तयारी शुरु गरेको हो।

छोटो समयमै बलिउडमा लोकप्रिय बनेका अभिनेता सुशान्तको नामलाई स्मरणीय बनाउनका लागि राष्ट्रिय अवार्ड स्थापनाको तयारी गरिएको गरिएको बताइएको छ।
भारतीय जनता पार्टी निकट एक स्रोतले यो योजनाको तयारी भइरहेको पुष्टि गरेको छ।

उता बलिउडमा केही पक्षले भने सुशान्तको निधन भएको एक वर्ष पुग्न लाग्दा पनि सरकारको तर्फबाट केही काम नगरिएको भन्दै आलोचना गर्न भइरहेको छ। यस्तै उनको बारेमा बायोपिक फिल्म बनाउने भनिए पनि त्यसले निरन्तरता पाउन सकेको छैन। सुशान्तको गत वर्षको जुन १४ मा निधन भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्