काठमाडाैँ। प्रभु क्यापिटल लिमिटेडले बहिरा महासंघ नेपालको सहयोगमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम सम्पन्न गरेको छ। कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपाल अन्तरगत रहेका करिब २५० जना सदस्यहरुको सहभागीता रहेको थियो। कार्यक्रममा प्रभु क्यापिटलका चिफबिजनेस अफिसर वासु थपलियाले स्वागत मन्तब्य दिएका थिए।
उनले राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई प्रभु क्यापिटलमा डिम्याट खोल्दा कुनै पनि शुल्क नलाग्ने र प्रभु क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई निःशुल्क डिम्याटको सुविधा प्रदानग रिने बताए। कार्यक्रमको अध्यक्षता राष्ट्रिय वहिरा महासंघका उपाध्यक्ष सत्यदेवी वाग्लेले गरेका थिए। वाग्लेले शेयर बजार सम्बन्धी तालिम फलदायी भएको तथा शेयर बजारमा लगानी गरेर आर्थिक उपार्जन गर्दै बहिरा साथीहरु आर्थिक रुपमा सबल बन्न सक्ने उल्लेख गरे।
तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरेका थिए भने सांकेतिक भाषामा बहिरा महासंघका दोभाषेहरु दिनेश श्रेष्ठ, टिकाराम लामिछाने र कमला भट्टराईले प्रस्तुत गरेका थिए।