मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी

chief minister sherdhan rai pic
  • 30
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रदेश नम्बर १ को प्रदेश सभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस हुने भएको छ। प्रदेश सचिवालयले जारी गरेको कार्यसूची अनुसार सोमबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईविरूद्ध अविश्वसको प्रस्ताव पेस गरिनेछ।

प्रदेश सचिवालयले जारी गरेको कार्यसूचीमा नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव नियमावली १२९ (४) बमोजिम पेस हुने उल्लेख गरिएको छ।

बैठकमा मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेस गर्न नदिने रणनीति नेकपा ओली समूहको रहेको छ। निलम्बन गरेका १६ सांसदलाई पनि उपस्थित गराएर अविश्वासको प्रस्ताव जबर्जस्ती अघि बढाइए प्रदेश सभा नै भङ्ग समेत हुन सक्ने चेतावनी मुख्यमन्त्रीले दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्